प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेल्योः नेता रिजाल
१ फागुन, काठमाडाैँ । नेकपा एमालेले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको जनाएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरूद्ध महाअभियोग दर्ता भएपछि प्रतिक्रिया दिँदै उनले महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको बताएका छन ।
नेता रिजालले महाअभियोग न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको बताउँदै भनेका छन, ‘स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ । प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ । सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ ।’
प्रकाशित मिति : February 13, 2022 at 12:35 pm









