१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अोम म्याक्स हलमा लागेको अागो नियन्त्रण बाहिर, अगो निभाउन चितवन र पर्साबाट दमकल मगाइयो

२३ साउन, काठमाडाैँ । मकवानपुरको हेटौडामा रहेको ओम म्याक्स सिनेमा हलमा बुधबार बिहान भीषण आगलागी भएको छ । बिहान १० बजेदेखि लागेको आगलागी यो समाचार तयार पर्दासम्म अागो नियन्त्रणमा आउन सकेको छैन ।

 हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको सो सिनेमा हलमा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । आगो निभाउन हेटौडा र बाराका दुई वटा दमकल प्रयोग गरिए पनि नियन्त्रणमा कठिनाइ भएको छ । अागो नियन्णामा नअाए पनि चितवन र पर्साबाट पनि दमकल मगाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार ११:४३