३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

देउवाले हात छाडिदिए माधव नेपाल सकडमै पुग्ने, एमालेले एकता र तालमेल केही नगर्ने

२८ माघ, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको सहकार्य तोडे उनी सडकमा पुग्ने देखिएको छ । आम अुनमान देउवाले हात समात्न छाडे एमाले अर्थात अध्यक्ष केपी शर्मा ओलीले हात दिन्छन र फेरि पार्टी एकता वा चुनावी तालमेल हुन सक्छ भनेर भए पनि परिस्थिति फरक ढंगले अघि बढेको छ ।

एमालेका अध्यक्ष ओलीले माधव नेपालहरुसँग पार्टी एकता र तालमेल नहुने स्पष्ट पारेका छन । शुक्रबार पार्टी कार्यालयबाट स्थानीय निर्वाचनको तयारीका सम्बन्धमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ‘आफ्नो सरकार ढालेर पार्टी फुटाएर जानेहरुलाई एमालेमा नो इन्ट्री,’ अध्यक्ष ओलीले भने, ‘त्यसैले सबै स्पष्ट भए हुन्छ । उनीहरुसँग न त चुनावी गठबन्धन न त एकता हुन्छ । त्यतातिर हामी लाग्दैनौं ।’

अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्ने बताए । उनले भने, ‘हामीलाई जनताप्रति विश्वास छ । जनताले एमालेलाई विश्वास गर्दछन् । त्यसैले हामी कसैको साहारा लिएर चुनावमा जादैनौं ।’

प्रकाशित मिति : February 11, 2022 at 4:24 pm