१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

स्थगित परीक्षा र भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिविको सूचना

२७ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि हाल स्थगित भएका परीक्षाहरू सञ्चालनको व्यवस्था गर्न एवं सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न क्याम्पसहरुलाई निर्देशन दिएको छ ।

स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणकालागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै स्थगित परीक्षा र एवं सम्भव भएसँगै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । त्रिवि कार्यकारी परिषदको माघ २५ गतेको बैठकले यस्तो निर्णय गरेको त्रिविले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार २१:१४