१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सडकका इन्जिनियरले ठेकेदारको पक्षपोषण गरेपछि स्थानीयद्धारा आक्रमणको प्रयास

२४ साउन, काठमाडौँ । काठमाडौँको सितापाइलामा सडक विभागका डिईले ठेकेदारको पक्षपोषण गर्दै भाषण गरेपछि स्थानीयले आक्रमणको प्रयास गरेका छन ।

सितापाइला रामकोट भीमढुंगा सडकको सरोकारवालाको बीचमा भएको बुधबार बिहानको छलफलमा डिई देवकुमार शाहले ठेकेदारको पक्षामा भाषण नै गरेपछि स्थानीय आक्रोशित भएको घटनास्थलबाट पत्रकार जनार्दन पौडेलले जानकारी दिएका छन ।

साहले बोलेपछि छलफल चलिरहेको हलमा एकैछिन कोलाहाल मच्चिएको थियो । पछि नागर्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र प्रदेश सांसद केशव पोखरेलले स्थानीयलाई संयमित बनाएका थिए ।

बाटो निर्माणको काम गरिरहेको ठेकेदारले हेलचक्राइ गरेपछि स्थानीयहरु रुष्ट बनेका छन । स्थानीयसँग भएको छलफलमा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ र प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य पनि सहभागी रहेका थिए ।

 

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार ०९:२७