चुनावमा रुखमै भाेट हाल्नु पर्ने त हो भन्दै माओवादी नेतृ कांग्रेस प्रवेश गरिन
२५ माघ, नुवाकोट । रुखमै भोट हाल्नु पर्ने भएपछि कांग्रेस प्रवेश गर्नु ठीक भन्दै नुवाकोटमा एक माओवादी नेतृ नेपाली कांग्रेस प्रवेश गरेकी छिन । गत स्थानीय निर्वाचनमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर १ मा जनप्रतिनिधिको रूपमा विजयी भएकी चिर जोम तामाङ नेपाली कांग्रेस प्रवेश गरेकी हुन ।
तामाङलाई मंगलबार उनकै घर नजिक पुगेर नेपाल महिला संघ किस्पाङकी सभापति ज्ञानुमाया तामाङले कांग्रेसमा स्वागत गरिन । सरकारले आगमी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको भोलिपल्टै उनले पार्टी परित्याग गरेकी हुन । केन्द्रीय नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा कांग्रेससँगको गठबन्धन हुने र चुनावमा साझा उम्मेदवार हुने बताउँदै आएका छन ।
अध्यक्षको मन्तव्य सीधा अर्थमा बुझेकी उनले कांग्रेसले जितेको पालिकामा भोलि पनि कांग्रेसकै साझा उम्मेदवार हुने बुझेर अहिले नै कांग्रेस प्रवेश गरेको बताएकी छिन । उनले माओवादी भएरै कांग्रेस बन्नु भन्दा कांग्रेसको सदस्य भएरै कांग्रेस बन्नु गर्वबोध हुने बताइन ।

प्रकाशित मिति : February 8, 2022 at 10:25 pm









