३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

प्रुडेन्सियल इन्स्योरेन्सद्धारा लाभांश घोषणा

२५ माघ, काठमाडाैँ । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

माघ २४ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : February 8, 2022 at 2:51 pm