३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

विप्लव नेकपाको जुम्ला कमिटी नेकपा माओवादी केन्द्रमा समाहित, प्रचण्डले गरे स्वागत

२५ माघ, काठमाडाैँ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जुम्ला कमिटी नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । मंगलबार बिहान नेकपाबाट जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवा रविकिरणको नेतृत्वको सिंगो कमिटी नै माओवादी केन्द्रमा समाहित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन ।

माओवादीमा समाहित हुनेहरूलाई अध्यक्ष प्रचण्डले स्वागत गरको थिए । उनले सामाजिक सञ्जाल मार्फत दिएको जानकारीमा भनेकी छिन, ‘अध्यक्ष कमरेड प्रचण्ड द्वारा विप्लव नेतृत्व नेकपाबाट जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवा रविकिरण सहित को सिङ्गो पार्टी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गराउदै !!’

प्रकाशित मिति : February 8, 2022 at 10:55 am