३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा ४४ गुणा बढी आवेदन

२३ माघ, काठमाडाैँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा साढे १७ लाख भन्दा बढीको आवेदन गरेको छ ।

आइतबार साँझ ५ बजेसम्ममा लघुवित्तको आईपीओमा १७ लाख ५४ हजार ५१७ जनाले २ अर्ब १७ करोड ४९ लाख ४९ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख ४९ हजार ४९० कित्ता शेयरको लागि आवेदन परेकाे सिडिएस एण्ड क्लियरिङ्गले जनाएकाे छ । यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ४४.५७ गुणाले बढी हो ।

लघुवित्तले माघ २१ गतेदेखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियाे। त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १९:०५