एमसीसीलाई प्रचण्डले लेखेको पत्र माओवादीमा लागू हुँदैनः नेता श्रेष्ठ
२३ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीलाई अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेर पठाएको पत्र माओवादीमा लागू नहुने बताएका छन । फेसबुकमा टिप्पणी लेख्नदै पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले प्रचण्डले जे पत्र लेखेको भए पनि माओवादीको अडान तलमाथि नहुने बताएका छन ।
उनले भनेका छन, ‘प्रम देउवा र अध्यक्ष क•प्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ।पार्टी दृढ छ,यथास्थितिमा यो संझौता स्विकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन , सकिदैन ।’
प्रकाशित मिति : February 6, 2022 at 3:53 pm









