१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कोरिया जाने कामदारको स्वास्थ्य परीक्षण भदौ ४ देखि, यी हुन ध्यानदिनुपर्ने विषय

२२ साउन, काठमाडौँ । सन् २०१९को लागि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण आगामी भदौ ४ गतेबाट सुरु हुने भएको छ । उनीहरुको स्वास्थ्य परीक्षण काठमाडौँ उपत्यकाका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको छ ।

यो वर्ष ७ हजार ९९६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका छन । उनीहरुको स्वास्थ्य परीक्षण शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरुले भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्न पाउने व्यवस्था मिलाइएको छ । स्वास्थ्य परीक्षण गर्दा यी कुरामा ध्यान दिनुपर्नेछ ।

प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलवार ०७:५५