३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

आफ्नो दोहोरो चरित्र उदांगो पारिदिएपछि देउवासँग प्रचण्डको चर्काचर्की, ओली बालुवाटार जाँदै

२३ माघ, काठमाडाैँ । आफ्नो दोहोरो चरित्र उदांगो पारिदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमा चर्काचर्की कुरा गरेका छन । देउवाले आफू निकटका पत्रकार खगेन्द्र भण्डारी मार्फत दुबै नेताले एमसीसीमा पठाएको पत्र सार्वजनिक गरिदिएपछि प्रचण्ड आफ्नो दोहोरो चरित्र उदांगो पारिदिएको भन्दै देउवासँग झोक्किएका हुन ।

उनले एमसीसीका बारेमा पार्टीका नेता र नागरिकमा भ्रम छरेर बसेका थिए । एमसीसीलाई सम्झौता संसदबाट अनुमोदन गराउने भन्दै हस्ताक्षर नै गरेर पत्र लेखेका प्रचण्डले भने कार्यकर्ता र जनताको बीचमा एमसीसी पारति गर्ने सम्भावना नभएको बताउँदै आएका थिए ।

एमसीसीमा आफूले गरेको प्रतिवद्धताको गोप्य पत्र चुहाएको भन्दै प्रधानमन्त्री देउवासँग सरकार छोड्नेसम्मको चेतावनी दिएका छन । अति गोप्य भनिएको उक्त पत्र प्रधानमन्त्री कै योजनामा सावर्जनिक भएको थियो ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा छलफल हुने भएको छ । स्थानीय तहको निर्वाचनको मिती र एमसीसीका बारेमा छलफल हुने स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाको आग्रहमा अध्यक्ष ओली बालुवाटार जान लाग्नु भएको हो । छलफल अपरान्ह ४ बजे हुने जनाइएको छ ।

प्रकाशित मिति : February 6, 2022 at 1:56 pm