१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुवाकोट सामारीका गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिए

२१ साउन, काठमाडौँ । नुवाकोट सामारीका गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिएका छन । महानगरिय प्रहरी अपराध महाशाखाका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतीका अनुसार तामाङ भक्तपुरको पाइलटबाबा आश्रमको जंगलमा प्रहरीसँगको मुठभेडमा मारिएका हुन ।

गोपालले सिन्धुपाल्चोकका अजय तामाङसँग मिलेर काँडाघारी बस्ने ११ वर्षीय निशान खड्काको अपहरण गरी हत्या गरेका थिए । निशानको आमासँग ४० लाख मागेर नपाएपछि हत्या गरेका उनीहरु प्रहरीलाई नै आक्रमण गरेर भाग्नेक्रममा मारिएका हुन ।

गोपालसँगै अपहरणमा संलग्न सन्धिुपाल्चोकका अजय तामाङ पनि मारिएका छन । प्रहरीले अपहरणपछि बालकको हत्या भएको घटनामा थप अनुसन्धान गरिरहेको एसपी उप्रेतीले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १६:३९