१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

लाजिम्पाटमा यौन धन्दा चलाउने प्रिया र मन्दिरा पक्राउ

२१ साउन, काठमाडौँ । प्रहरीले लाजिम्पाटमा यौन धन्दाको कोठी सञ्चान गर्ने दुई युवतीलाई पक्राउ गरेको छ । लाजिम्पाटमा कोठी चलाउने ललितपुर पाटनकी २८ वर्षिय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिय मन्दिरा तामाङ तितुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पीडित एक युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं परिसरका डिएसपी मोहन थापाका अनुसार उनीहरुले गत शुक्रबार एक युवतीलाई आफ्नो कोठीमा लगेर युवकसँग जबरजस्ती सम्बन्ध राख्न लगाएका थिए ।

पक्राउ परेका श्रेष्ठ र तमाङलाई प्रहरीले मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाएको छ । उनीहरुले यौन धन्दा सञ्चालन गरेर ग्राहकहरुबाट मोटो रकम उठाउँदै आएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १५:०९