१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

नेपाल उसु संघमा वीर बहादुर तामाङकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन

२१ साउन, काठमाडाैँ । नेपाल उसु संघमा वीर बहादुर तामाङकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । योसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले उसु संघको नेतृत्वबाट विदा लिएका छन । उसु संघकाे साधारणसभाले सहअध्यक्षमा जनक बर्तौला  उपाध्यक्षमा प्रज्वलध्वज कार्की, दीपक लामा, हरी थापा, शंकर थापा, विष्णु चन्द, दुष्यन्त बस्नेत, नानीबाबु तामाङ र राजीव महर्जन चयन भएका छन ।

त्यस्तै महासचिवमा लाक्पा छिरिङ लामा, सचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा लानम लामा र सह कोषाध्यक्षमा ऋतु ग्याम्दान चयन भएका छन । यस्तै सदस्यहरूमा श्याम कृष्ण श्रेष्ठ, जंगबहादुर लामा, लबा ढुंगाना, राजेन्द्र कुमार राई, भोज राज भट्ट,शुभ राम मुनानकर्मी, सन्तोष बराइली,कृष्ण लामा, भक्त थापा, रती लामा, अम्बर कुमार थिङ, सुन्दर लामा, निर्मल लामा, नारायण गिरी चयन भएका छन । ४८ जिल्ला र केन्द्रका २९ जना प्रतिनिधिले साधारणसभामा सहभागिता जनाएको सहकोषाध्यक्ष ऋतु ग्याम्दानले जानकारी दिइन ।

प्रकाशित मिति : August 6, 2018 at 1:29 pm