२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

ऐतिहासिक पहिलाे अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

२१ साउन, काठमाडाैँ । ऐतिहासिक पहिलाे अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।  जेट एयरलाइन्सको बिमानबाट सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलगायतले स्वागत गरे ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेदरल्याण्ड्सविरुद्धकाे पहिलो सिरिजमा बराबरी गरेको थियो । दुई एकदिवशीय खेलको श्रृङखलामा नेपालले १–१ को बराबरी गरेको हो ।  पहिलो खेलमा ५५ रनको पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १३:१९