११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

घर घरमा श्रीमद्भागवत गीता लगिदै

२१ साउन,काठमाडौँ । घरघरमा श्रीमद्भागवत गीता पु¥याउने अभियानको घोषणा गरिएको छ । गीता प्रेस बिक्री केन्द्रले आइतबार यहाँ आयोजना गरेको श्रीमद्भागवत गीता र सरल गीता विमोचन समारोहमा घरघरमा गीता पु¥याएपछि प्रत्येक नेपालीका हातहातमा पु¥याउने लक्ष्यसमेत सार्वजनिक गरियो ।

कार्यक्रममा पशुपतिनाथका मूल भट्ट रावलगणेश भट्टले नेदरल्याण्ड र अमेरिकाजस्ता देशमा कक्षा ५ देखि गीता अध्ययन अध्यापन भए पनि नेपाल र भारतजस्ता वैदिक ज्ञानको उत्पत्ति भएको देशमा नपढाइनु दुःखद् रहेको बताउनुभयो ।

सांसद हृदयेश त्रिपाठीले सभ्यतामा परिवर्तन भए आस्था नरहने भएकाले वैदिक सनातन परम्पराको जर्गेना हुनुपर्नेमा जोड दिनुभयो । पशुपति विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले प्रत्येक देशको नेतृत्वका पाँच जना र विश्वका एक हजार नेतृत्व वर्गलाई गीता अध्ययन गराएमा विश्वशान्ति स्थापना हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा भारतीय राजदूतावासका मिशन उपप्रमुख डा अजय कुमार, नेपाल मारवाडी राष्ट्रिय परिषद्का अध्यक्ष पवन मित्तल, चौधरीग्रुपका महाप्रबन्धक मधु पौडेल, गीता प्रेसका प्रधानसम्पादक डा लालमणि तिवारी, गीता प्रेस सेवा केन्द्र नेपालका अध्यक्ष जयकिसन सारडालगायतले विश्वमै बढी भाषामा अनुवाद भएको र धेरै बिक्रीको अभिलेख रहेको गीता नेपालीको हातहातमा पु¥याइनुपर्नेमा जोड दिनुभयो ।

गीता प्रेसले पहिलोपटक नेपालीमा अनुवाद गरेको पुस्तकमा ३०० पृष्ठ छ । पुस्तकको मूल्य रु २९ पर्छ । पुस्तकलाई आचार्य लक्ष्मण भण्डारीले अनुवाद गर्नुभएको हो ।

प्रकाशित मिति : 09:05