गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकिएको एमाले उपमहासचिव रिमालको घोषणा
१३ माघ, काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पुरानो जनमत अपहरण गरेर गठबन्धनले मनाउने अन्तिम उत्सव सकिएको घोषणा गरेका छन । सामाजिक सञ्जाल मार्फत बिहीबार बिहान टिप्पणी गर्दै रिमालले यस्तो घोषणा गरेका हुन ।
उनले अब हुने निर्वाचनले नयाँ जनादेशको मानक तय गर्ने प्रष्ट पारेका छन । एमालेको शक्ति देखेर तर्सिएका गठबन्धनवालाहरू संविधान च्यात्ने धुनमा देखिएको पनि बताएका छन ।
उनले भनेका छन,
सतर्क होऔं !
राष्ट्रियसभाको हिजो संपन्न निर्वाचनबाट
अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकियो।
चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई !
एमालेका संपूर्ण प्रतिष्पर्धी उम्मेदवार तथा सहयोगी सबैलाई धन्यवाद !
अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ।
स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन्।संबिधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन।
प्रकाशित मिति : January 27, 2022 at 8:56 am









