३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

राष्ट्रियसभा निर्वाचनः गोलाप्रथाबाट प्रदेश १ मा कांग्रेसका गोपाल बस्नेत विजयी

१२ माघ, काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपाल बस्नेत गोलाप्रथाबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रियसभाको निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको निर्वाचनमा ५ दलीय गठबन्धनको समर्थन प्राप्त कांग्रेस उम्मेदवार बस्नेत र एमाले उम्मेदवार गुरु बरालको बराबर मत आएको थियो ।

दुवै उम्मेदवारले समान ४ हजार ४ सय ८८ मत ल्याएका थिए । मत बराबर आएपछि विजेता छान्न गोलाप्रथा गरिएको थियो । गोलप्रथाबाट गठबन्धनका उम्मेदवार बस्नेत राष्ट्रियसभा सदस्यमा निर्वाचित हुन सफल भएका हुन् । बस्नेत नेपाली कांग्रेस झापाका पुराना नेता हुन् ।

प्रकाशित मिति : January 26, 2022 at 6:31 pm