१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

म्यानचेस्ट सिटीका लागि गोल गर्दै सर्जियो अगुरोले क्लब फुटबलमा २ सय गोल पूरा गरे

२१ साउन, काठमाडाैँ । म्यानचेस्ट सिटीका अर्जेन्टिनी खेलाडी सर्जियो अगुरोले क्लब फुटबलमा २ सय गोल पूरा गरेका छन् । कम्युनिट शिल्डको उपाधिका लागि चेल्सी विरुद्ध मैदान उत्रिएका अगुरोले म्यानचेस्ट सिटीका लागि गोल गर्दै क्लब फुटबलमा २ सय गोल पूरा गरेका हुन् ।

अगुरोले चेल्सी विरुद्ध १३ औं मिनेटमा गोल गर्दै २ सय गोल पुरा गरेका हुन। अर्जेन्टिनी खेलाडी अगुरो २००६/ ०७ को सिजनमा एथलेटिको मड्रिडबाट क्लब करियर शुरु गरेका उनी २०११ मा म्यानचेस्टर सिटी आएका हुन् । सिटीबाट अहिले सम्म ३२ गोल गर्दै उनी शीर्षमा रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार ०९:००