पाँच दलीय गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै राष्ट्रियसभामा एमालेका शेर्पा विजयी
१२ माघ, कठमाडाैँ । पाँच दलीय गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै राष्ट्रियसभामा एमालेका शेर्पा विजयी भएका छन ।राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको मतदानमा नेकपा (एमाले) का उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन ।
शेर्पा अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार भएका थिए । शेर्पाले ४७३४ मत भारसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हेमराज राईले ४ हजार ३ सय ६८ मतभार प्राप्त गरे ।
प्रकाशित मिति : January 26, 2022 at 5:41 pm









