२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

मैत्रीपूर्ण खेलमा बक्सिङका दुई महिला खेलाडी विजयी

२० साउन,काठमाडौँ । अठाराैँ एशियाली खेलकूदका लागि थाइल्याण्डमा विशेष प्रशिक्षणरत बक्सिङका दुई महिला खेलाडीले त्यहाँ भएको मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् । चार मुलुकका टोली सम्मिलित उक्त मैत्रीपूर्ण खेलअन्तर्गत आज भएको खेलमा महिला ५७ केजी तौलसमूहमा संगीता सुनारले थाइल्याण्ड बी टोलीकी पुर्नापालाई अंकको आधारमा पराजित गरेकी हुन् । उनले यसअघि शनिबार भएको खेलमा पनि थाइल्याण्ड ए टोलीकी बुन्याबुचलाई हराएकी थिइन् ।

त्यस्तै आजै भएको अर्को खेलमा नेपाली राष्ट्रिय टोलीकी विमला श्रेष्ठले ५१ केजी तौलसमूहमा थाइल्याण्ड बी टोलीकी निल्लाडालाई अंककै आधारमा पराजित गर्दै विजयी भइन् । आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेसियाको जाकार्तामा हुने १८औँ एशियाली खेलकूदको तयारीका लागि नेपाली बक्सिङ टोली पछिल्लो डेढ महिनादेखि थाइल्याण्डमा विशेष प्रशिक्षणरत छ ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार १९:४६