एमाले काठमाडाैँको पहिलो बैठक, स्थानीय चुनावका लागि सरकारको ध्यानाकर्षण गराउने
६ माघ, काठमाडाैँ । नेकपा (एमाले) काठमाडौँ जिल्लाको छैटौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले पहिलो बैठक गरेर बिहीबार पदभार ग्रहण गरेका छन् । काठमाडौँ महानगरपालिका वडा-४ मा रहेको जिल्ला कमिटीको कार्यालयमा नवनिर्वाचित अध्यक्ष दीपक निरौलासहितका पदाधिकारीले पदबहाली गरेका हुन ।

अधिवेशनको निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र समेत वितरण गरेको थियो। सो अवसरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य तथा सहइन्चार्ज कृष्ण राई, केन्द्रीय सदस्य तथा सहइन्चार्जहरु नारायण सिलवाल, विद्यासुन्दर शाक्य, रूपनारायण श्रेष्ठ, सरिता न्यौपाने र प्रदेश कमिटी सदस्य गणेश प्रसाद दुलाल लगायतको उपस्थिति रहेका थिए ।

पद बहालीसँगै काठमाडौँ जिल्ला कमिटीका पदाधिकारीहरूको पहिलो बैठक बसेको थियो । जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा बसेको पहिलो बैठकले धन्यवाद ज्ञापन, राष्ट्रिय सभा निर्वाचन, स्थानीय तहको निर्वाचन, मातहत रहेका कमिटीहरुको कार्यालय व्यवस्थापन र कोभिड-१९ सम्बन्धि विशेष निर्देशन लगायतका विषयमा छलफल गरेर विभिन्न निर्णय गरेको छ। बैठकका निर्णयहरू यस्ता रहेका छन ।

प्रकाशित मिति : January 20, 2022 at 7:08 pm







