तेस्रो पटक संसद विघटन गर्न प्रचण्डको प्रस्ताव, रामचन्द्र पाैडेल र माधव नेपालको समर्थन
-सुदिप लामिछाने
६ माघ, काठमाडौँ । सत्तारूढ दल नेकपा मओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक संसद विघटन गर्न प्रस्ताव गरेका छन । सत्ता गठबन्धनको बैठकमा प्रचण्डले संसद विघटन गरेर नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचनमा जान प्रस्ताव गरेका हुन ।
प्रचण्डको उक्त प्रस्तावमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत सामाजवादी पार्टीका नेता माधवकुमार नेपाले सहमति जनाएका छन । मंगलबार बसेको गठबन्धनको बैठकमा उनीहरूले स्थानीय निर्वाचन टार्नका लागि संसदीय निर्वाचनमा जानुपर्ने निष्कर्ष निकाल्दै सहमति जुटाएकाे नेपाली कांग्रेसका नेता एवं सरकार प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

यद्यपी उनीहरूले आौपचारिक निर्णय आजमात्र गर्ने बताएका छन । हिजो गठबन्धनका केही नेता उपस्थित नभएकाले निर्णय गर्ने अवस्था नभएको नेताहरूले बताएका छन । उनीहरूले गठबन्धनको बैठक आज पनि बोलाएका छन । संसदको औचित्य करिब समाप्त भएको र यो संसद केही गर्न सक्ने भन्दै सत्ता संयन्त्रका संयोजक समेत रहेका कांग्रेस नेता पौडेलले पनि प्रचण्डको प्रस्ताव ठीक भएको बताएका थिए । उनले देशलाई निकास दिन ताजा जनादेशमा जानुपर्नेमा जोड दिएका छन् ।
प्रचण्डले स्थानीय निर्वाचन मंसिरमा गर्ने गरी प्रतिनिधिसभा निर्वाचन चाहिँ वैशाख वा जेठमा गर्नुपर्ने बताएका छन । बिहीबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्तारूढ दलको बैठकले सरकारलाइ संसद विघटन गरेर अर्को चुनाव घोषणा गर्नका लागि सिफारिस गर्ने सम्भावना रहेको छ ।
प्रचण्ड र नेपाल यसअघि यो संसदले निकास दिन सक्दैन भन्दै एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नयाँ नजादेशमा जाने निर्णय लिँदा त्यसको विरूद्धमा आन्दोलन गर्दै कांग्रेसको शरणमा पुगेका थिए । तर अहिले उनीहरूले नै संसद विघटनको प्रस्ताव अघि सारेका छन ।
प्रकाशित मिति : January 20, 2022 at 11:11 am









