१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गाउँपालिकाकाे अध्यक्षद्वारा पहिरो पीडितलाई सहयोग

२० साउन,जाजरकाेट । यसैगरी जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पहिरोमा ज्यान गुमाएका आफन्तलाई सहयोग गर्नुभएको छ ।

जिल्लाको जुनिचाँदे गाउँपालिका छिर्कमा पुगेर अध्यक्ष केसीले उपचारका लागि व्यक्तिगत रकम उपलव्ध गराउनुभएको हो । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका–६ गर्खाकोट छिर्कमा साउन ३ गते घरमा सुतिरहेका एकै घरका तीन घाइते भएका थिए भने दुईको मृत्यु भएको थियो । घाइते हर्कबहादुर बुढा र उनका दुई छोरा, छोरीलाई जीवन निर्वाह गर्न भन्दै व्यक्तिगतरूपमा रु २५ हजारका दरले रकम सहयोग गरेको अध्यक्ष केसीले बताउनुभयो ।

सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष केसीले घाइतेलाई जिल्ला अस्पताल जाजरकोटमा उपचार संभव नभए थप उपचारका लागि गाउँपालिकाले बाहिर उपचार गराउन सहयोग गर्ने बताउनुभयो । पीडितलाई जिल्ला दैविक प्रकोप समितिले रु दुई लाख १६ हजार उपलब्ध गराइसकेको छ । पहिरोमा परी ५५ वर्षीय ललि बुढा, उनका नातिनी नौँ वर्षीया सिर्जना बुढाको पहिरोले घर पुरिदा मृत्यु थियो ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार ०९:५५