मुगु एमाले अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन
४ माघ, मुगु । नेकपा एमाले मुगुले एक सातापछि नेतृत्व चयन गरेको छ । २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औँ जिल्ला अधिवेशन एक सातापछि सर्वसम्मत नेतृत्व चयन गरेको हो । अधिवेशनले अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सचिव डबल बहादुर रोकायाले बताए ।

प्रकाशित मिति : January 18, 2022 at 5:20 pm









