२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

सिभिल बैंक खाता ’खल्ती’ मा लिङ्क गर्दा १०० बोनस र स्मार्टफोन उपहार

२ माघ, काठमाडाैँ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सिभिल बैंक खाता ‘’खल्ती’’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि  १०० बोनस अफर ल्याएको छ  छ ।  साथै, हरेक महिना  एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन् ।

यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । प्रयोगकर्ताले लिंक गर्न अगाडी केवाईसी भेरिफाइ   गराउन पर्नेछ । केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको   सिभिल बैंक  अकाउन्टबाट ’खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ।

यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न ल्याइएको हो।

एक पटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ। रु. १०० बोनस अफर पौष ३० देखि फागुन १ सम्म लागु हुनेछ ।

सिभिल  बैंक खाता ’खल्ती’मा लिङ्क गर्न, प्रयोगकर्ताहरूले निम्न कुराहरू गर्नुपर्छः

खल्ती’ को होमस्क्रिनमा रहेको Link Bank Account मा ट्याप गर्ने
त्यहाँ “लिंक बैंक टु खल्ती“ मा ट्याप गर्नुहोस्
सिभिल  बैंक छानी बैंक खाता नम्बर हाल्नुहोस् र सब्मिटमा ट्याप गर्नुहोस्
जानकारी ठिक छ भने ‘लिंक बैंक’ मा ट्याप गर्नुहोस्
आफ्नो मोबाइलमा प्राप्त गर्नुभएको ओटिपी (भेरिफिकेसन कोड) भर्नुहोस् र भेरिफाइमा ट्याप गर्नुहोस्
तपाईंको ‘’खल्ती’’ बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ।

प्रकाशित मिति : January 16, 2022 at 10:46 am