१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

१९ साउन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिनुभएको छ ।

शुक्रबार राति भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा एक रनको रोमाञ्चक जित हात पारेकामा आफूलाई खुशी लागेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी यात्राका लागि पनि सफलताको शुभकामना दिनुभयो । प्रधानमन्त्री ओलीले आज ट्वीटरमार्फत कप्तान पारस खड्का र नेपाली टिमलाई बधाई तथा शुभकामना दिनुभएको हो ।

ट्वीटरमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “नेपाली क्रिकेट टिमले नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय खेलमा हासिल गरेको जितका लागि कप्तान पारस खडका र सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटले आगामी दिनमा थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।”नेपालले शुक्रबार भएको खेलमा नेदरल्याण्ड्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार १६:३८