माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयकाे निर्णय
२६ पुस, काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को निर्णय कार्यान्वयन गर्ने भएको छ ।
मन्त्रालयमा बसेको बैठकले सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हाे । बिदाको मोडालिटीबारेमा भने केही बेरमा सूचना निकाल्ने शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १२:३६