एमाले अछाम अधिवेशन: शाह प्यानलबाट उम्मेदवारी दर्ता
२५ पुस, अछाम । नेकपा एमाले अछामको नेतृत्वका लागि प्रकाश शाह प्यानलले उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन अधिकृत कार्यालयको कार्यालय रहेको एमाले पार्टी कार्यालय मंगलसेनमा अध्यक्ष पदमा प्रकाश शाह, उपाध्यक्ष बल बहादुर कुँवर, सचिव भीम बहादुर रावल (कालोटोपी), उपसचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका हुन ।

अर्को प्यानल चन्द्र बोहरा प्यानल केही समयमा उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको छ ।
प्रकाशित मिति : January 9, 2022 at 5:24 pm









