२३ जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत, अन्य पनि सर्वसम्मतको प्रयास हुँदै (सूचीसहित)
२५ पुस, काठमाडाैँ । नेकपा एमालेको पुस २३ मा एकै पटकअधिवेशन उद्घाटन भएका ६१ जिल्ला मध्ये २३ वटा जिल्लामा नेतृत्व सर्वसम्मत भएको छ । नेकपा एमालेको केन्द्रीय प्रचार विभागका अनुसार अहिलेसम्म भाैगोलिक २१ र गैर भाैगोलिक २ गरी २३ मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

२२ वटा जिल्लाको नेतृत्व घोषणा भैसकेको छ भने नुवाकोटको सचिव र उपसचिवको व्यक्ति नटुंगिदा अहिले बिहान १० बजेसम्ममा घोषणा गर्ने तयारी भएको छ । यद्यपी अध्यक्षमा बद्री मैनाली र उपाध्यक्षमा बुद्धी प्रधान सर्वसम्मत भैसकेका छन । यी हुन एमालेको नेतृत्व सर्वसम्मत भएका जिल्लाहरू
१. झापा- दीपक कार्की
२. पाल्पा- धनेन्द्रराज घिमिरे
३. दाङ- हुकुमबहादुर बस्नेत
४. डोल्पा- शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया- लालबहादुर श्रेष्ठ
७. बॉके- किस्मतकुमार कक्षपति
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११. काभ्रे- अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु- डम्बर शर्मा
२१. नुवाकोट- बद्री मैनाली
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल
प्रकाशित मिति : January 9, 2022 at 7:38 am







