२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

भक्तपुर एमाले अध्यक्षमा वचन देउजा चयन

२४ पुस, भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा चयन भएका छन् । शुक्रबारबाट सुरु भएको आठौं जिल्ला अधिवेशनबाट देउजालाई सर्वसम्मत रूपमा चयन गरिएको हो ।

शनिबार भएको बन्दसत्रमा देउजाको अध्यक्षतामा उपाध्यक्षमा वासुदेव थापा चयन भएका छन् । यस्तै सचिवमा मोहन वीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाल चयन भएका छन् ।

निर्वाचन समितिका संयोजक शिवराम तिमल्सिनाका अनुसार देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले भक्तपुर जिल्ला कमिटी निर्वाचित भएको हो ।

प्रकाशित मिति : January 8, 2022 at 8:39 pm