१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नदीमा बगेर महिलाको मृत्यु

१८ साउन,बैतडी । सुर्नया नदीमा बगेर आज बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–४ बगारकी ३५ वर्षीया सकुन्तला महता रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शिवनाथ गाउँपालिका–२ बारसी भन्ने ठाउँमा घाँस काट्न जानका लागि नदी तर्ने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएकी थिइन् । उनको शव बगेको ठाउँबाट करीब ७०० मिटर तल नदी किनारमा मध्याह्न भेट्टिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार १९:१२