१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गोसाईकुण्ड जाँदै गर्दा पहिरोमा परी राैहटकी नम्रता कार्कीको मृत्यु

–झरना नेपाली

१८ साउन, रसुवा । रसुवाको पवित्र धार्मिक तिर्थस्थल गोसाईकुण्ड जाने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्ला चन्द«पुर नगरपालिकावडा नं ४ कि ३५ बर्षिय नम्रता कार्की रहेकी जिल्ला प्रहरी रसुवाका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिनुभयो ।

घाईते हुनेमा सोही वडाका मनोज भट्टराई र रमा आचार्य रहेका छन । घाईतेमध्ये एक जनाको अबस्था भने गम्भिर रहेको रसुवा प्रहरीले जनाएको छ । जिल्लाको गोसाईकुण्ड गाउँपालिका ५ स्थित मिनीगोसाईकुण्ड नजिक पहिरो गएको ठाउँमा पहिरो पार गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको घट्नास्थलमै मृत्यु भएका हो ।

दिउँसो गोसाईकुण्ड जाने क्रममा सो घट्ना हुँदा अरु तिर्थयात्रीलाई बिच बाटोबाटै फर्काईएको प्रजिअ कृष्ण पौडेलले जानकारी दिनुभयो ।
घाईतेको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार १८:४७