१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

इनार सफा गर्नेक्रममा काठमाडौँको सामाखुशीमा घरपेटीसहित तीन जनाको मृत्यु

१८ साउन, काठमाडौँ । इनार सफा गर्नेक्रममा काठमाडौँको सामाखुशीमा घरपेटीसहित तीन जनाको मृत्यु भएको छ । शुक्रबार काठमाडौँ महानगरपालिका–२६ कपुरधारास्थित ७० बर्षीय मेघबर्ण गौतमको घरको इनार सफा गर्ने क्रममा मेघबर्ण र दुई कामदारको मृत्यु भएको हो । इनार सफा गर्ने क्रममा सूरुमा ३६ बर्षीय भारत हाजिरपुरका अशोक कुमार गएका थिए ।

उनी बेहोस भएपनि कैलाली टिकापुर नगरपालिका–८ का २३ बर्षीय रमेश चौधरी डुबेर अशक्त भएका थिए । दुवै जना बेहोस भएपछि घरधनी घेमबर्ण समेत इनारभित्र छिरेका थिए। उद्धार गरेर तीनै जनालाई अस्पताल लगिएकोमा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गौतम केसीले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार १८:३४