२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

विखण्डनकारीको मुटु जलिरहेको अनुभुत देशभरका एमालेजनले गर्न पाएः पूर्वमन्त्री बाँस्कोटा

२४ पुस, काठमाडौँ । नेकपा एमालेका प्रभावशाली युवा नेता गोकुल बाँस्कोटाले पार्टीको काभ्रे जिल्ला अधिवेशनमा नभएको डमीको प्रचार गरिएको भन्दै आक्रोश प्रकट गरेका छन । उनले तीसौँ हजार उत्साहित जनताले एमालेप्रति देखाएको ऐक्यवद्दता नदेख्ने तर हुँदै नभएको डमी देखेको भन्दै उनले रोष प्रकट गरेका हुन ।

एमाले पोलिटब्यूरो सदस्य समेत रहेका बाँस्कोटाले भनेका छन, ‘काभ्रेको जिल्ला अधिवेशनमा मेरो नभएको डमी मात्र देख्ने तर तीसौंहजार उत्साहित जनताले एमालेप्रति जनाएको ऐक्यवद्दता नदेख्ने चारतारे पाटी डट कम लाई मुरीमुरी धन्यवाद ! कमसेकम विखण्डनकारीको मुटु जलीरहेको अनुभुत देशभरका एमालेजनले गर्न पाए । बधाई र सलाम काभ्रेली जनता अनि कार्यकर्तालाई !!!’

प्रकाशित मिति : January 8, 2022 at 10:11 am