पुरुषोत्तममय ललितपुर एमाले अधिवेशन
२४ पुस, काठमाडाैँ । हिजो शुक्रवार उद्घाटन भएको नेकपा एमाले ललितपुर जिल्ला कमिटिको नेतृत्व चयनसहितको अधिवेशनको बन्द सत्र आज संचालन हुदैछ । नयाँ नेतृत्व आउने भएकोले पनि अधिवेशनको बन्द सत्र रोचक बन्दैछ ।
विशेषगरी अध्यक्षको दावी गरिरहेका पार्टीका जिल्ला सचिव पुरुषोत्तम आचार्य र वाग्मती प्रदेश सदस्य चेतनाथ सञ्जेलले प्रमुख रुपमा दावी गरिरहेको अधिवेशनमा पुरुषोत्तम आचार्य हावी हुने प्रतिनिधिहरुले प्रतिकृया जनाएका छन् ।
करिब ६०० जना प्रतिनिधि रहेकोमा बहुसंख्यक प्रतिनिधि आचार्यको पक्षमा खुलेको एक प्रतिनिधिले बताए । ललितपुरका ३ वटा क्षेत्रमध्ये क्षेत्र नम्बर १ आधा आधा प्रतिनिधि र क्षेत्र नं २ र ३ मा बहुसंख्यक प्रतिनिधि तथा आयोजक जिल्ला समितिका करिब ६० प्रतिशत प्रतिनिधिले आचार्यको पक्षमा रहेको उनको भनाइ छ ।
विद्यार्थी राजनीतिबाट उदाएका आचार्यले आफ्नो राजनीतिक यात्राका क्रममा राजनीतिक परिवर्तनको नेतृत्व गर्दा राजद्रोहको मुद्दासमेत खेपेका छन् । आचार्यले लामो समय जिल्ला कमिटिमा रहदै सचिव भएका हुन् । यसैगरी चेतनाथ सञ्जेल भूगोलबाट उदाएका हुन् । उनी एमाले ललितपुर क्षेत्र नं १ को पूर्व अध्यक्ष हुन् ।

एउटै क्षेत्र ललितपुर १ का चेतनाथ संजेल र पुरुषोत्तम आचार्यको जिल्लामा अस्वभाविक प्रतिस्पर्धा भएकोले दुवैले मिलेर जानुपर्ने केही प्रतिनिधिले बताए । अधिवेशनको उद्घाटमा सम्बोधन गर्दै एमाले मभहासचिव शंकर पोखरेलले विपक्षी पाटीहरुबाट चौतर्फी आक्रमण भइरहेको अहिलेको अवस्थामा सहमतीमै अघि बढ्नसके मात्रै आफूहरुको जित हुने बताएका थिए ।
आचार्य र सञ्जेलबाहेक एमाले ललितपुरका पूर्व उपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले लतितपुर अध्यक्षको आकांक्षा प्रकट गरेका छन् । यसैगरी पूर्व अध्यक्ष मधुसुदन पौडेलले पनि केन्द्रिय सदस्य बन्न नसकेपश्चात् अध्यक्षको चासो देखाएका छन् ।
प्रकाशित मिति : January 8, 2022 at 9:17 am









