२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले नुवाकोटको सातौँ जिल्ला अधिवेशन आज, अध्यक्षमा बद्री मैनाली सर्वसम्मत !

२३ पुस, नुवाकोट । नेकपा एमाले नुवाकोटको सातौ जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम विदुरमा सुरूहुँदैछ । एमाले अध्यक्ष ओलीले बिहान ११ बजे भर्चुवल सम्बोधन मार्फत अधिवेशनको उद्घाटन गरेपछि जिल्लाको थप उद्घाटन सत्र चल्नेछ ।

नुवाकोटमा प्रमुख अतिथिको रूपमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य आउँदैछिन । जिल्लाका १२ पालिकाको ८८ वटा वडाबाट निर्वाचित भएर आएका प्रतिनिधि सबै विदुरमा जम्मा भएका छन । वट्टरबजारको नमस्ते पार्टी प्यालेसमा अधिवेशन हुने प्रचार कमिटीका सदस्य अनुजकुमार श्रेष्ठले जानकारी दिए ।

अधिवेशनको नयाँ नेतृत्व चयन गर्नेछ । आगामी नेतृत्वका लागि पार्टीको प्रदेश कमिटीका सदस्य बद्री मैनाली र जिल्ला कमिटीका सचिव बुद्धि प्रधानले दाबी गरेका छन । यद्यपी केन्द्रीय नीति अनुरूप सहमतिमा नेतृत्व चयनको तयारी भैरहेको छ । सहमतिमा नेतृत्व चयन भए पनि मतदानबाट नेतृत्व चयन भए पनि भारी मतसहित मैनाली अध्यक्षमा निर्वाचित हुने जिल्ला अधिवेशन आयोजक कमिटीका सदस्य बलराम आचार्यले जानकारी दिए ।

फाइल तस्बीर ।

उनले दक्षिणपन्थी भड्कावमा लागेर एमालेकै विरूद्धमा लाग्ने र आफ्नै पार्टी कार्यालय वाइसिएल सापट लिएर कब्जा हुने कोशिश गर्दा समेत नुवाकोटमा एमालेको सशक्त जागरण ल्याउने मैनाली भएकाले नेतृत्वको उनको विकल्प नरहेको बताए ।

वर्तमान जिल्ला कमिटीका अध्यक्ष नारायणप्रसाद खतिवडा लगायतले प्रधानलाई अघि बढाउन चाहेका छन । यद्यपी जिल्ला अधिवेशनमा छानिएका प्रतिनिधिमा मुस्किकले २० प्रतिशत भन्दा बढीले साथ नदिने बुझेपछि सहमतिमै अघि बढ्न खतिवडा तयार रहेको उनी निकट नेताहरूले बताएका छन ।

उपाध्यक्ष, सचिव र उपसचिवमा पनि सहमति भए वा मतदान हुँदा पनि सक्षम युवाहरू नेतृत्वमा आउने आचार्यले बताए । उपाध्यक्षमा बेलकोटगढी नगरपालिका मेयर राजेन्द्ररमण खनाल, बेलकोटगढीकै विष्णु लोहनी र लिखुका पूर्णलाल श्रेष्ठ मध्येबाट चयन हुने सम्भावना रहेको छ । सचिवमा काशिराज अधिकारीको सम्भावना रहेको छ ।

अधिकारी यसअघि पनि एमालेको पुनर्जागरणको समयमा एमाले नुवाकोटको सचिव भएर गाउँगाउँमा संगठनमा जुटेका थिए । उपसचिवमा आशामाया तामाङ, सुरज शेर्पा  र नारायण घिमिरे लगायतको दाबी रहेको छ ।

प्रकाशित मिति : January 7, 2022 at 8:35 am