२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नेकपा एमाले रूकुम पश्चिमको अधिवेशन आज, उपसचिवमा २१ वर्षीय मल्लको दाबी

२३ पुस, रूकुमपश्चिम । नेकपा एमाले रुकुम पश्चिमको जिल्ला अधिवेशन अाज हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा अोलीले बिहान ११ बजे भर्चुवल सम्बाेधन गरेर जिल्ला अधिवेशन उद्घाटन गरेपछि जिल्ला अधिवेशन सुरू हुनेछ ।

अधिवेशनमा जिल्ला अधिवेशन आयोजक समितिका संयोजक टंकप्रसाद ओली र कर्णाली प्रदेश कमिटि सदस्य नारायण कुमार शाहबीच अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । यद्यपी पार्टी केन्द्रको निर्देशन अनुसार सहमतिमा नेतृत्व चयनको पहल भैरहेको नेताहरूले बताएका छन ।

यस्तै उपाध्यक्षमा ब्युझना पुन देवकोटा र मनबिर घर्तीको सम्भावना रहेको छ भने सचिवमा कर्णबहादुर ओली र शशिराम नेपालीले दाबी गरेका छन । त्यस्तै उपसचिवमा दिनेश चन्द, लालबहादुर बुढा र मिजास मल्लले दाबी गरेका छन । उपसचिवमा दाबी गर्ने मल्ल २१ वर्षका युवा हुन । उनी अनेरास्ववियूको राजनीतिमा रहेका छन ।

प्रकाशित मिति : January 7, 2022 at 8:22 am