नुवाकोटको तारकेश्वरमा एमालेको गाउँअधिवेशनको दुई महिनापछि पदाधिकारी घोषणा
२३ पुस, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा एमालेको गाउँअधिवेशनको दुई महिनापछि पदाधिकारी घोषणा भएको छ । नेताहरूको बीचमा भागवण्डामा सहमति भएपछि बिहीबार राति पदाधिकारीको घोषणा भएको हो ।
यसअघि जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले एक पक्षिय रूपमा अध्यक्षमण्डल गठन गरेपछि प्रतिनिधिहरूले होहल्ला र नाराबाजी गर्दै खतिवडा लगायतका नेताहरूलाई मञ्चबाट लखेटेका थिए । त्यसपछि कुनै सूचना नदिएको अध्यक्ष मण्डलले बिहीबार राति पदाधिकारीको घोषणा गर्दै सपथ गराएको छ ।

नेताहरूको घोषणा अनुसार तारकेश्वर गाउँपालिका कमिटीकाे अध्यक्ष केशव घिमिरे, उपाध्याक्षमा टेकबहादुर तामाङ, सचिवमा रणबहादुर तामाङ र उपसचिवमा हरिबहादुर अधिकारी हरीप्रसाद रिमाल र लेखनाथ अधिकारी निर्वाचित भएका छन । उपसचिव दुई जनामात्र हुने भए पनि असन्तुष्टि व्यवस्थापनका लागि तीन जना बनाइएको छ ।
यो पनि पढ्नुहोस्
–गुटबन्दी गर्न थालेपछि आफ्नै गृह पालिकामा कार्यकर्ताबाट लखेटिए एमाले नेता खतिवडा
प्रकाशित मिति : January 7, 2022 at 8:04 am









