२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

जिल्ला कमिटीमा निर्वाचित हुन एमालेले तोक्यो मापदण्ड (पत्रसहित)

२२ पुस, काठमाडौँ । नेकपा एमालेले जिल्ला कमिटीमा निर्वाचित हुन मापदण्ड तोकेको छ । जिल्लामा आकांक्षीहरूको भीड लागेपछि संगठन विभागले मापदण्ड बनाएर ७७ वटै जिल्लामा पठाएको हो । मापदण्ड अनुसार पदाधिकारीह हुन कम्तिमा दुइ कार्यकाल जिल्ला कमिटीमा काम गरेको वा एक कार्यकाल सचिवलाय सदस्यको रूपमा काम गरेको हुनुपर्नेछ ।

संगठन विभाग प्रमुख खगराज अधिकारीले हस्ताक्षर गरेर सबै जिल्लामा एकैपटक पठाइएको मापदण्डमा जिल्ला कमिटी सदस्य बन्न जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : January 6, 2022 at 5:10 pm