कांग्रेस नेता एवं चिचिलाका अध्यक्ष शेर्पाले आफू र छोरो अमेरिका जान कीर्ते कागजात बनाएको खुलासा
२१ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं संखुवासभाको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले सरकारी कागजात कीर्ते गरेको खुलासा भएको छ । शेर्पाले सरकारी कागजात कीर्ते गरेको विषयमा नेपाल प्रेसले समाचार प्रकाशन गरेको छ ।
शेर्पाले आफ्ना छोरा थिलेन शेर्पा र आफू अमेरिका पुग्नका लागि कीर्ते कागजात तयार पारेको पाइएको हो । अलैँची व्यापारीमा समेत रहेका शेर्पाले धेरै पटक अमेरिका जान प्रयास गरेको तर असफल भएपछि गाउँकार्यपालिकाका सबै सदस्यलाई समेत जानकारी गराएर सरकारी कागजात कीर्ते गरेका हुन ।

गाउँपालिकाको खर्चमा संवैधानिक आयोगका पदाधिकारीसहितको टोली अमेरिका जान लागेको समाचार सार्वजनिक भएपछि यसको खोजी भएको थियो ।
दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल, गाउँपालिका अध्यक्ष शेर्पा, उपसचिव अञ्जु ढुंगाना, अध्यक्ष शेर्पाका छोरा थिलेन शेर्पा, नरेश रिजाल, नासु मेगेन्द्र न्यौपाने, सुजिना भट्ट र दीपेश रिजालसहित ९ जनाको टोली 6th Annual Smart Cities Technology Symposium & Exhibition 18–19 2020 in Chicago मा सहभागी जन जाने भन्दै कीर्ते कागजात तयार पारेको पाइएको हो । थप समाचार नेपाल प्रेसमा पढ्न सक्नुहुन्छ ।
प्रकाशित मिति : January 5, 2022 at 8:27 am









