राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारद्धारा मनाेनयन दर्ता
२० पुस, पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।

एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो।
प्रकाशित मिति : January 4, 2022 at 12:36 pm









