२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले मात्र सच्चा कम्युनिष्ट : उपमहासचिव गुरुङ

१९ पुस, काठमाडाैँ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताएका छन् । प्रेस चौतारी नेपाल झापाको नवाैँ जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीति धु्रवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिँदै गएकाले अब समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्ने जिकिर गरे ।

उनले समग्र बृहत कम्युनिष्टलाई सङ्गठित गर्न सक्ने भनेको एमाले मात्र भएको धारणा राखे । उनले भने, “एमाले सक्कली कम्युनिष्ट हो, सक्कली कम्युनिष्टको पक्षमा देशभरि फेरि जनलहर आउने छ। ”

bds, !( k’; M
k|]; rf}tf/Lsf] clwj]zg pb3f6g sfo{qmd
uf}/fbx –% df ;f]daf/ cfof]lht k|]; rf}tf/L g]kfn emfkfsf] gjf}F lhNnf clwj]zg pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub}{ g]skf -Pdfn]_ sf pkdxf;lrj tyf k|rf/ ljefu k|d’v k[YjL;’Aaf u’?ª . tl:a/M o1/fh cfªb]Da]÷/f;;

अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्मत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । करिब एक सय ५० पत्रकार तथा सञ्चारकर्मी सहभागी रहेको अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : January 3, 2022 at 5:43 pm