२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कांग्रेस नेता डा गोविन्द पोखरेललाई प्यूठानमै प्रतिबन्ध ! कार्यकर्ताले बहिष्कार गर्ने

१८ पुस, प्यूठान । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा गोविन्दराज पोखरेललाई गृह जिल्ला प्यूठानमै प्रतिबन्ध लागेको छ । पोखरेललाई प्रतिबन्ध लगाउने अरू नभएर नेपाली कांग्रेसकै कार्यकर्ता हुन । जिल्लाको नौवहिनी गाउँपालिकाको कांग्रेसको समितिले पोखरेललाई बहिष्कार गर्ने निर्णय गरेको हो ।

कांग्रेस नौवहिनी गाउँपालिकाको शुक्रवार बसेको बैठकले जिल्ला अधिवेशनमा भएको झडपपछि कार्यकर्ताहरुलाई आतंककारीको संज्ञा दिएको, घाइते कार्यकर्ताहरुको अस्पतालमा उपचार भइरहँदा समेत उनी मुकदर्शक बनिरहेको र झडपमा परि घाइते भएका कांग्रेसकै कार्यकर्ताहरुलाई सहानूभुति दिन समेत कन्जुस्याँई गरी पक्षपातपूर्ण व्यवहार गरेकाले गाउँपालिका क्षेत्रमा हुने कार्यक्रममा बहिष्कार गर्ने संस्थागत निर्णय गरेका हुन ।

पोखरेललाई गाउँपालिकास्तरमा हुने कांग्रेसका कुनै पनि कार्यक्रममा उपस्थित हुन नदिने गरी बहिष्कार गर्ने निर्णय गरिएको कांग्रेस नौवहिनी गाउँपालिका पार्टी सभापती देविराम पुनमगरले जानकारी दिए । पोखरेल कांग्रेसकै हालै सम्पन्न महाधिवेशनबाट केन्द्रिय सदस्य भएका थिए । उन यस अघिको निर्वाचनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा समेत उमेदवारी थिए ।

प्रकाशित मिति : January 2, 2022 at 7:28 pm