२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले सचिवालय बैठक जारी, राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाउने तयारी

१८ पुस, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिरहेको हो । बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली टुंगो लगाउने बताइएको छ । यसअघि सातवटै प्रदेशले राष्ट्रिय सभा उम्मेदवारको लागि नाम सिफारिस गरिसकेका छन् ।

सचिवालय बैठकले ती नामका बारेमा टुंगो जनाइएको छ । एमालेको १०औं महाधिवेशनपछि पहिलोपटक बसिरहेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गर्ने छ ।

प्रकाशित मिति : January 2, 2022 at 6:17 pm