१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दोलखामा श्रीमतीले पिटेर श्रीमान्को मृत्यु

 १७ साउन,दोलखा । घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीको पिटाइबाट श्रीमान्को मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका– ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ । मदिरा सेवनका विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको पिटाइबाट उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटिएकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार १९:५१