एमाले अब प्यूठानमा विजयी पार्टीको रूपमा स्थापित हुन्छः इन्चार्ज थापा
१६ पुस, प्यूठान । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले प्यूठानमा विजयी पार्टीको रूपमा स्थापित हुने उद्घोष गरेका छन । अहिलेसम्म पनि प्रथम पार्टीको रूपमा रहेको एमाले अबको चुनावमा विजयी पार्टीको रूपमा स्थापित हुने बताए ।
नेकपा एमाले नाै बहिनी गाउँपालिका प्यूठानको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बाेधन गर्दै इन्चार्ज थापाले भने, ‘अब कसैका श्रीमति, कसैका भाउजु जिताउने र पार्टीलाई सहायक शक्ति बनाउने होइन पार्टीलाई प्रमुख शक्तिको रूपमा स्थापति गराउने हो ।’ उनले सहमतिका साथ नेतृत्व चयन गर्न र एकतावद्ध हुन कार्यकर्तामा आह्वान समेत गरे ।

सोही कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य मणिचन्द्र थापाले नेकपा माओवादी केन्द्रको ३० प्रतिशत हिस्सा एमालेमा समाहित भएको जानकारी दिए । उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मात्र देशमा समृद्धि सम्भव भएकाले आफूहरू एमालेमा एकताबद्ध भएर अघि बढेको बताए ।
सोही कार्यक्रममा एमाले कैन्द्रीय सदस्य हरि रिजालले नौ बहिनीमा एमालेले पहिलेदेखि नै आफूलाई व्यवस्थित, बलियो र संगठित बनाइराखेको भन्दै फेरि पनि चुस्त र दुरूस्त संगठन रहने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा पार्टीको दशौं महाधिवेशनको सन्देश, राष्ट्रिय राजनीतिमा नेकपा एमालेको भूमिका र जिल्लाको शक्तिसन्तुलन बारेमा उत्साहजनक उपस्थितिमा स्पष्ट गरिएको गाउँपालिका कमिटीका अध्यक्ष विष्णु केसीले जानकारी दिए ।
कार्यक्रममा स्थायी कमिटी सदस्य थापा, पोलिटब्यूरो सदस्य थापा, केन्द्रीय सदस्य रिजाल, प्रदेश कमिटी सदस्य अजय सिंह र जिल्ला कमिटी सदस्य डिलबहादुर थापा लगायतले विषयगत प्रशिक्षण पनि दिएका थिए ।

प्रकाशित मिति : December 31, 2021 at 12:09 pm









