प्रचण्डलाई लेखनाथ न्याैपानेको टक्करः बन्दसत्रमा प्रस्तुत गरे ८ बुँदे फरक मत
१५ पुस, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई युवा नेता लेखनाथ न्याैपानेले टक्कर दिएका छन । प्रचण्डको दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै न्यौपानेले बन्दसत्रमा ८ बुँदे फरक मत प्रस्तुत गरेका छन ।

न्यौपानेले समूहगत छलफलमा मार्फत आफ्नो ८ बुँदे फरकमत प्रस्तुत गरेका हुन । प्रचण्डले सोमबार २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो नामक राजनीतिक दस्तावेज पेश गरेका थिए न्यौपानेले त्यो पूर्ण नभएको र दस्तावेज जस्तो नदेखिएको भन्दै ८ बुँदामा फरक मत जाहेर गरेका हुन ।
प्रकाशित मिति : December 30, 2021 at 3:47 pm









