मासिक ५० हजार तिरेर नातिलाई युलेन्समा पढाउने प्रचण्डका अघि सरकारी स्कुलका कुरा !
१५ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अघि माओवादीका कार्यकर्ताले सरकारी स्कुलका कुरा उठाएका छन । उनीहरूले माओवादीको केन्द्रीय नेताका छोराछोरी सरकारी स्कुलमै पढाउनुपर्ने जोडदार माग गरे ।
तर आफ्नै नातिलाई प्रधानमन्त्री पत्नि डा आरजु राणा देउवाको लगानी रहेको युलेन्स स्कुलमा मासिक ५० हजार रूपैयाँ तिरेर पढाउँदै आएका प्रचण्डका लागि यस्तो मागले छुनेजस्तो देखिदैन ।

सशस्त्र द्धन्द्धको समयमा पनि आफ्ना छोराछोरी राम्रा स्कुलमा पढाएर कार्यकर्ताका छोराछोरीलाइ बन्दुक बोकएर युद्धको मोर्चामा अग्रभागमा खटाएका प्रचण्ड र माओवादी तीनको भावनाबाट विचलित भएर धेरै टाढा पुगिसकेको छ ।
विगतमा हातमुख जोर्न समेत समस्या रहेका सयौँ माओवादी नेता अहिले करोडपति छन । तर धेरै कार्यकर्ताहरू भने अहिले पनि हात मुख जोर्ने समस्यामा रहेका छन ।
प्रकाशित मिति : December 30, 2021 at 1:36 pm









